एक सय ८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा भक्तपुरमा फोटो कन्टेन इन फोटोवाल्क

भक्तपुर, २ भदाै । भक्तपुरमा एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ मनाएकाे छ ।

उक्त फोटोग्राफी दिवसको अवसरमा शनिबार भक्तपुरको दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाल्क कार्यक्रमको उदघाटन गरिएको छ ।

भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीबाट कार्यक्रमको उदघाटन गरिएको हो । कार्यक्रम किपाग्राफी भक्तपुरको आयोजनामा भएको थियो ।

कार्यक्रम अन्तर्गत फोटो प्रतियोगिता पनि भएको छ । किपाग्राफीमा रहेर र भक्तपुर वाहिरका गरी दुई विधामा फोटो प्रतियोगिता भएको जनाएको छ ।

कार्यक्रम अन्तर्गत आज दिनभर भक्तपुरका विविन्न ठाउँंकाे खिचिएका फोटोहरुमध्ये प्रति फोटोग्राफरका दुईदुई वटा उत्कृष्ट फोटो छानिने बताएको छ ।

छानिएका प्रतियोगीहरुमध्ये किपाग्राफीका प्रतिस्पर्धीमध्ये एक जना र अन्यमा पहिलो, दोश्रो र तेश्रो उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने आयाेजकका सचिव जयराम प्रजापतीले बताए ।

प्रतियोगी फोटोहरुमध्ये मूल्यांकन गरी आगामी शनिबार उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *