दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं, ११ असोज । दोलखाको सिँगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधबार राति चार किलो सुन बरामद गरेको हाे । सुनसहित तीन जना मानिस पनि पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सुनसहित पक्राउ परेका तीन जना दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले जनाएकाे छ ।

यसबारे प्रहरीले विस्तृत जानकारी दिइसकेको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार वटा पहेंलो धातु बरामद भएको जनाएकाे छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।