कोशी प्रदेश एमालेका निर्वाचितलाई शपथ खुवाउन ओली विराटनगरमा (सपथका पाँच तस्बिर)

विराटनगर, १७ असोज । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका नवनिर्वाचित कमिटीका सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ । विराटनगरस्थित होटल कन्चनजंगामा पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सपथ ग्रहणका लागि आज विराटनगर पुग्नु भएको छ । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा धनकुटाका टीका चेम्जोङ, सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित हुनुभएको छ भने उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित हुनुभएको छ ।