भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, २५ असोज । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-१ मा बा६९प ९१० नम्बरको स्कुटरले आज बिहान सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुलाई ठक्कर दिंदा उनकाे मृत्यु भएको हो ।

दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।