कोशीले आज मुख्यमन्त्री पाउँदै

काठमाडौं, २७ असोज । कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले टार्ने प्रयास गरे पनि आज कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्ने छ । मुख्यमन्त्रीका लागि गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले बहुमत सांसदहको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको थियो ।

त्यसैगरी एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय नै पुगेरकेदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर बुझाएका थिए । नियम अुनसार हिजै कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने हो । तर, एमालेको सहित समर्थनमा हस्ताक्षर बुझाउनु भएका कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने भए पनि सांसहरूको हस्ताक्षर बुझाएपनि सनाखतका लागि समय लाग्ने भन्दै शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले बाँकी प्रक्रिया आजदेखि थाल्ने भन्दै प्रवक्ताको हस्ताक्षरमा विज्ञप्ति निकाल्न लगाउनु भएको थियो ।

कार्की समूहले सनाखतका लागि प्रदेश प्रमुखलाई आग्रह गरेपनि समय लाग्ने र शनिबार बिदा भएपनि सनाखतको प्रक्रिया अगाडि बढाउने भन्दै प्रदेश प्रमुखले नै फिर्ता पठाउनु भएको थियो ।

सनाखतका लागि आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सांसहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गर्नका लागि समय निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

कोशीमा आज बन्ने सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। प्रदेश सभाको निर्वाचनपछि कोशीमा आज बन्ने सरकार पाँचौं हुनेछ। दलीय अंकगणित र दलहरूको निहीत स्वार्थका कारण कोशीमा यसअघि चार पटक सरकार ढलेको छ। आज बन्ने सरकारले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए कोशी मध्यावधिमा जानेछ।