राजेशकाजीको रोमाञ्चक व्यवसायिक सफलताः चेम्बर अध्यक्षदेखि मन्त्रीसम्म (भिडियो कुराकानी)

 

 

 

 

 

काठमाडौं, २ कात्तिक । मैत्रिन्युजको टीम सांग्रिला होटल नजिकैबाट अलिकति भित्र छिरेर आक्र्श गु्रपको कार्यालयमा पुग्दा त्यहाँ भियतनामी झण्डा फरफराइ रहेको थियो । हामी त्यहि झण्डा फरफराइ रहेको कार्यालयमा प्रवेश गर्दै–गर्दा प्रवेशद्वारमै झट्ट हेर्दा ताराहरुको आकारको लोगोमा एकैछिन ध्यान केन्द्रित भयो ।

त्यो लोगो र लोगोबारे लेखिएका केही सन्देशले हामीलाई एकैछिन त्यहाँ अडिन बाध्य बनायो । लोगोका बारेमा लेखिएका केही महत्वपूर्ण सन्देशले हामीलाई केहीबेर त्यहाँ गम्नसमेत बाध्य बनायो । प्रवेशद्वारमै आक्र्श गु्रपबारे चित्रण गरिएको एउटा लोगो राखिएको रहेछ । ताराहरु, एक व्यक्ति र रेखाहरु समावेश गरिएको त्यो लोगोका प्रत्येक तत्व र रङले विशेष अर्थ अनुरुपको विषेशता देखाएको सन्देश त्यहि सूचना बोर्डमा राखिएको रहेछ । मानिसको भिन्न–भिन्न दृष्टिकोण, मान्छेको सकारात्मक पक्ष, पारदर्शिता, प्रतिकुल अवस्थामा पनि आन्तरिक रुपमा पूर्वाग्रही नभई तटस्थ हुनुपर्छ भन्ने जस्ता सन्देश त्यो लोगोमार्फत दिइने प्रयास गरिएको रहेछ ।

लोगोको तारालाई आक्र्श गु्रपसँग सम्बन्धित सबै व्यक्तिहरु तारा जस्तै चम्किलो र प्रतिवद्ध रहनेछन् भन्ने संकेतका रुपमा राखिएको रहेछ । त्यति मात्रै होइन उदेश्य के लिनु उडि छुनु चन्द्र एक भन्ने लक्ष्मीप्रसाद देवकोटाको कविता जस्तै उदेश्य चुम्न कडा परिश्रम आवश्यक हुन्छ भन्ने तथ्यलाई पनि त्यहाँ उल्लेख गरिएको रहेछ । आक्र्श ग्रुपका सबै व्यक्ति विषेशताका धनी हुन्छन भन्दै आक्र्श ग्रुप उनीहरु सबैको उन्नति र इच्छापुर्तिमा समर्पित छ भन्ने सन्देशलाई पनि त्यो लोगोमार्फत प्रष्ट्याउने प्रयास गरिएको रहेछ । त्यसपछि हामी कार्यालयको पहिलो तलामा उक्लिदाँ नेपाल चेम्वरको चार कार्यकाल अध्यक्ष भएर केही समय अघि विदा लिनु भएका डाक्टर राजेशकाजी श्रेष्ठ आफ्नै कार्यकक्षमा काममा व्यस्त हुनुहुन्थ्यो ।

नेपालको सबैभन्दा पुरानो व्यवसायी संस्था नेपाल चेम्बर अफ कमर्सको विसं.२०३६ सालमा सदस्यता लिएर २०४५ मा चेम्बरको कार्यसमितिमा प्रवेश गर्नुभएका श्रेष्ठले केही समय उद्योग वाणिज्य तथा आपूर्ति सहायक मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । श्रेष्ठसँग भेट भएपछि हामी केही समय उहाँसँग अनौपचारिक कुराकानीमा व्यस्त भयौँ । विसं २०५६ मा ३८ वर्षको उमेरमा चेम्बरको अध्यक्ष बन्नुभएका श्रेष्ठले चार कार्यकाल चेम्बरको अध्यक्षको जिम्मेवारीमा रहँदा सम्झना लायक निकै काम गरेको अनुभव सुनाउनुभयो । उहाँकै कार्यकालमा मुलुक संघीयामा प्रवेश गरेको थियो ।

त्यहि अनुरुप चेम्बरलाई संघीयता मोडेलमा लैजान उहाँले गरेको अथक प्रयास अनुकरणीय थियो । काठमाडौंमा मात्रै केन्द्रित चेम्बरलाई बाँकी ७६ वटै जिल्ला र सात वटै प्रदेशसम्म पुगेर थप फराकिलो र बलियो बनाउनमा उहाँले खेलेको भूमिका पनि अनुकरणीय रहेछ । त्यतिबेला चेम्बरको विस्तारमा धेरै अवरोधहरु नआएका होइनन् तर राजेशकाजीले ती सबै अप्ठ्यारालाई पनि सहज बनाउँदै अघि बढ्नु भएको रहेछ ।

यति मात्रै होइन विभिन्न देशका नीजि क्षेत्रका संघ–संस्थासँग समेत सम्झौता गरेर नेपाल चेम्बरको गरिमालाई विश्वस्तरमा परिचित गराउन उहाँले गरेको योगदानबारे पनि हामीले उहाँसँग अनौपचारिक कुराकानीका सन्दर्भमा खोतल्ने प्रयास गर्यौ । ५५ बढी देशसँग त उहाँको कार्यकालमा सम्झौता भएका रहेछन् । हाल नेपालका लागि भियतनामी महाबाणिज्य दूतको जिम्मेवारीमा रहनु भएका श्रेष्ठले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका दजर्नौ पुरस्कारहरु समेत प्राप्त गर्नुभएको रहेछ ।

हाल नेपाल इन्टरनेशनल बिजनेस प्रालि, होटल रारा प्रालि, आक्र्श गु्रप प्रालि, जोमसोम एयरपोर्ट प्रालि, होटल कागबेनी प्यालेस प्रालिलगायतको अध्यक्षको जिम्मेवारीमा रहनु भएका उहाँ सोल्टी क्राउन प्लाजाको बोड डाइरेक्टरको समेत जिम्मेवारीमा हुनुहुन्छ । राजेश कन्सनका प्रोप्राईटरको समेत जिम्मेवारीमा रहनु भएका श्रेष्ठसँग हामीले केही अनौपचारिक कुराकानीपछि उहाँको बाल्यकाल, शिक्षा–दीक्षा, व्यापारका क्षेत्रमा भोगेका भोगाइहरु, मन्त्री हुँदा गरेका सकारात्मक काम, चेम्बरको अध्यक्ष हुँदा गरेका योगदानलगायतका बारेमा खोतल्ने प्रयास गर्यौ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *