निर्माण व्यवसायीकाे राेकिएकाे छ अर्ब रूपैयाँ भुक्तानी हुने

काठमाडौं, २ कात्तिक । निर्माण व्यवसायीकाे गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको रु छ अर्ब सरकारले भुक्तानी गर्ने भएकाे छ ।

अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी व्यवसायीहरुको भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको जनाएकाे हाे ।

निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी दसैँअघि नै व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जानकारी दिए ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए ।