डिशहोमकाे दुई वर्षको सेवा पाउने दसैं अफर मंसिर ३ गतेसम्म थप

काठमाडाैं, २३ कात्तिक । डिशहोमकाे एक वर्षका लागि रिचार्ज गर्दा दुई वर्षको सेवा पाउने दसैं अफर मंसिर ३ गतेसम्म थप भएकाे छ ।

डिशहोमकाे बडादसैँको अवसर पारेर फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर थप भएकाे हाे ।

डिशहोमकाे उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।