चारदिने औपचारिक भ्रमण सम्पन्न गरी फर्किए महासचिव गुटेरेस

काठमाडौं, १५ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज फर्किनुभएकाे छ ।
महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गर्नुभएकाे हाे ।
उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउनुभएको थियो । उहाँले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गर्नुभएकाे थियाे । उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष प्रतिपक्ष दलका नेतासहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गर्नुभएकाे थियाे ।
भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।