डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउदै २० लाख सम्मको नगद पुरस्कार घोषणा

काठमाडाैं, १६ कात्तिक । डिशहोमले क्रिकेट खेलाडीहरुकाे हौसला बढाउन नगद पुरस्कार घोषणा गरेकाे छ ।
डिशहोमले नेपाली खेलाडीहरुको हौसला बढाउनका लागि २० लाख रूपैयाँसम्मकाे नगद पुरस्कार घोषणा गरेकाे हाे ।
आइसिसी टि २० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका खेलहरूमा हरेक रन, विकेट र माइलस्टाेनलाई सम्मान गर्दैँ हरेक इनिङमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेकाे हाे ।
डिशहोमले एकै खेलमा सेन्चुरी र पाँच विकेट दुबै गरेमा २० लाख रूपैयाँ नगध घाेषणा गरेकाे छ । त्यस्तै सेन्चुरी गरेमा १० लाख रूपैयाँ, पाँच विकेटमात्र लिएमा पाँच लाख रूपैयाँ, हाफ सेन्चुरी गरेमा एक लाख रूपैयाँ घाेषणा गरेकाे छ ।
त्यस्तै तीन विकेट लिएमा एक लाख रूपैयाँ, ३५ रनमात्र लिएमा पचास हजार रूपैयाँ, र क्याच/ स्टम्पिङ गरेमा पचास हजार रूपैयाँ घाेषणा गरेकाे छ ।