डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ विजेता घोषणा
काठमाडाैं, १६ कात्तिक । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतकाे विजेता घोषणा गरिएकाे छ ।
यस योजना अन्तर्गत कास आईडीका ७१९०७५३८८८९ नम्बरका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जित्नुभएको हाे । तिमिलाले लक्की ड्र मार्फत नगद रु एक लाख जित्नुभएको हो ।
डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियाे । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख पाउनेछन् ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।