फागुन १ गते बिदा दिने प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ : उपाध्यक्ष पौडेल
काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताउनुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सरकारले यस्ताे बिदा स्विकृती गर्न संसदबाट पारित गर्नुपर्ने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे। ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस् । त्यसको परीक्षण गर्न सरकार तयार छ ? उहाँले प्रश्न गर्नुभयाे, सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’
फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै उहाँले त्यस दिन उत्सवको दिन हुन नसक्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु ।’