बल्खुमा दुर्गा प्रसाईँको समूहले निषेधित घेरा तोडेपछि झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाडौं, ७ मंसिर । काठमाडौंको बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रसाईंको प्रदर्शन गरिरहेका समूह प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको हाे । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेका छन् ।
दुर्गा प्रसाईंकाे सम्बोधनपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढ्नसाथ प्रहरीले बल प्रयोग गरेको थियो।