सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, ताेलामै बढ्याे १६ सय

काठमाडाैं, १३ मंसिर । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले लगातार तेस्रो दिनसम्मै नयाँ मूल्य कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै हालसम्मकै उच्च एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने, आज उक्त रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।

संघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।