सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलाकाे १ लाख २१ हजार नाघ्यो
काठमाडौं, १८ मंसिर । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएर प्रतितोला १ लाख २१ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको हाे ।
सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।