नेप्सेले कायम गर्याे उच्च विन्दु, कारोबार रकम ६ अर्ब नजिक

काठमाडाैं, ३ पुस । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको नेप्सेले २१ सयको विन्दु पार गरेकाे छ ।

यस अघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा पुगेकाे थियो । त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो।

यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।

यस दिन ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अन्य ५ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर ३७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको साढे २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *