निरन्तर वृद्धिपछि नेप्सेमा ३२.७७ अंककाे करेक्सन

काठमाडाैं, ५ पुस । अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको छ ।

बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से घटेपनि १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यसैगरी, यस दिन अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन शेयरमूल्य घट्ने स्टकहरुको सूचीको शीर्ष स्थानमा सूर्या ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *