भक्तपुरमा मृत भेटिए नेपाल प्रहरीका सई
भक्तपुर, ८ पुस । भक्तपुरमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।
आइतबार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।
४४ वर्षीय घिमिरे नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो ।
प्रमुख विष्टका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। पोष्टमार्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।