भक्तपुरमा घरमै मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई, एक युवक पक्राउ

काठमाडाैं, ४ पुस । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा नीता गोसाई मृत भेटिएकी हुन्।

परिवारका सदस्यले २८ वर्षीया गोसाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ। मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन्।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताउनुभयाे ।

गोसाईको आगामी फागुन २ गते विवाह हुँदै थियो । गोसाई ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन्। उनले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *