तराईको जनजीवन हुस्सु र शीतलहरले कष्टकर बन्दै, पहाडमा हिमपातको सम्भावना

काठमाडाैं, १४ माघ । तराईको जनजीवन हुस्सु र शीतलहरले कष्टकर बन्दै गएकाे छ भने पहाडी जिल्लाहरूमा हिमपातको सम्भावना रहेकाे छ ।

निरन्तरको हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । पुस मध्यदेखि सुरु भएको हुस्सु र कुहिरोले सर्वसाधारणको दैनिकी थप कष्टकर बन्दै गएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

तराईका अधिकांस क्षेत्रमा दिनभरी नै बाक्लो हुस्सु लाग्ने गरेको छ भने शितलहरका कारण चिसो बढ्दै गएको छ । केही क्षेत्रमा दिउँसोपछि हुस्सु हटेपनि अधिकांस क्षेत्रमा घाम नलागेको हप्तौं भइसकेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *