सात कारोबार पछि नेप्सेमा दाेहाेराे अंककाे वृद्धि

काठमाडाैं, १४ माघ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४.४६ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख पटकको कारोबारमा ३ अबए ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ। यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १७ करोड नाघेको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *