नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडाैं, १६ माघ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेकाे छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ ।

नेप्से निरन्तर उकालो लागेपछि भोल्यूम पनि बढ्दै गएको छ। यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *