केपी ‌ओली कप दोस्रो संस्करणकाे उद्घाटन

काठमाडौं, ११ फागुन । केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएकाे प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘हाइटेक’ प्रविधिको प्रयोग गरि मोबाइलमार्फत् पानस बालेर उद्घाटन गर्नुभएकाे थियाे।

त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो ।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

उद्घाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *