सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्याे दुई हजार एक सय

काठमाडौँ, १६ चैत । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा काराेवार भएकाे छ । आज सुनकाे मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि स्थानीय बजारमा काराेवार भएकाे हाे । सुनको मूल्य लगातार उकालो लागिरहकाे छ ।

बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।