सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

काठमाडौं, २४ वैशाख । सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएकाे छ ।

उहाँले आफ्नाे कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बाेलाउनुभएकाे हाे ।

सभामुख घिमिरेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगाएतलाई बैठकमा बोलाउनुभएकाे छ ।

संसदको बर्खे अधिवेशन यहि २८ गतेदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि शीर्ष नेताहरूलाई बैठकमा छलफलका लागि बाेलाउनुभएकको सचिवालयले जनाएको छ ।