सहकारी ठगी : संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडाैं, ६ जेठ । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक बस्दैछ।

कार्यदलको बैठक आइतबार बिहान साढे ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दैछ ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहनुभएका छन् ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। कांग्रेसको अवरोधका कारण संसद बर्खे अधिवेशन सुरू भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।