बालुवाटार बैठकमा भएन सहमति, अर्काे बैठक पुन: साँझ बस्ने

काठमाडौँ, १४ जेठ । संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच बालुवाटारमा भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

सदनको गतिरोध अन्त्य, सहकारीको रकम अपचलन सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सत्ता पक्ष र प्रतिपक्षी बीच बालुवाटारमा छलफल भएकाे थियाे ।

छलफलमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताउनुभयाे । ’ उहाँले भन्नुभयाे, ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन’ ।

प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिनुभएकाे परियारले बताउनुभयाे ।