मुख्यसचिव डा. अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडाैं, ९ असार । अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले उक्त प्रकरणमा अर्यालसहित सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएकाे छ ।