मौद्रिक नीति भोलि सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलसँगको लामो छलफलपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति भोलि नै ल्याउने तयारी गर्नुभएकाे हाे ।

अर्थमन्त्री पौडेलसँग गभर्नर अधिकारीको सिंहदरबारमा मौद्रिक नीति सम्वन्धि लामो छलफल भएकाे थियाे । मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे आज व्यवस्थापन समितिको बैठक बस्दै छ ।

व्यवस्थापन समितिको बैठकमा अहिलेको वर्तमान अवस्था र आगामी मौद्रिक नीतिमा लिने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।