जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

काठमाडौं, ९ साउन । सौर्य एअरलायन्सको ९एन-एएमई जहाज दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार गरिएको छ ।
उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।
जहाज पूर्णरूपमा क्षतविक्षत भएकाे छ । प्रहरीले मृतकका शवहरू घटनास्थलबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । विस्तृत आउँदैछ…..