प्रधानमन्त्रीको फोटो राखेर अनुष्ठान गर्दै गरेका पुष्कर खतिवडा पक्राउ
काठमाडौं, १४ साउन । ज्योतिषी तथा धार्मिक अभियन्ता मानिने पुष्कर खतिवडा नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पक्राउ परेका छन् । खतिवडालाई उनकै निवासबाट पक्राउ गरिएकाे हाे ।
प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार अनुष्ठानको प्रयोजन आपत्तिजनक भएका भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका थिए । प्रहरीले खतिवडालाइ त्यसै समयमा पक्राउ गरेको हो ।
खतिवडाले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।
