एआइजी ज्ञवालीसहितको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा
काठमाडाैं, २० भदाै । नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ।
नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट सर्वोच्च अदालतमा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ।
बिहीबार दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश जारी/ गर्ने विषयमा छलफल हुन लागेको हो। उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गर्नुभएकाे थियाे ।
प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरूको अवकाश कार्यान्वयन नगराउन एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बाँस्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गर्दै अन्तरिम आदेश माग गर्नुभएकाे थियाे ।
गत बिहीबार यस विषयको सुनुवाइ न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको थियो।
उक्त इजलासले अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको हो।
उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लाग्नुभएकाे छ भने। प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ। प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ।