बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

काठमाडौं, १२ कात्तिक । बालिका बलात्कारकाे आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा मृत भेटिएको हाे ।

प्रहरीका अनुसार आफैंले लगाएको कपडाको पासाे लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् ।

बालिका बलात्कार आरोपमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए ।