धनतेरसलाई लक्षित चाँदीका सिक्का बिक्री सुरु, सुनकाे असर्फी भने भाेली एकदिनका लागि बिक्री हुने

काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ ।

राष्ट्र बैंक टक्सार महाशाखाले आजदेखि सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ ।

राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो ।

नेपाल राष्ट्र बैंकले सुनकाे असर्फी भने भाेली मंगलबार एकदिनका लागि मात्र बिक्री गरिने जनाएकाे छ ।