ललितपुर महानगरले लगायाे राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर

ललितपुर, २५ कात्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा महानगरका नगर प्रहरीले डोजर चलाएको हो ।

मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको जनाएकाे छ ।