बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताहरू छलफलमा

काठमाडौं, ४ मङ्सिर । सत्तारुढ दल  नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर दुई दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाललगाएतका सहभागी हुनुहुन्छ ।