प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, भ्रमण दल ८७ सदस्यीय हुने
काठमाडौं, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयाे ।
प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन जानुभएकाे छ भने उहाँ शनिबार नेपाल फर्कनुहुने कार्यतालिका छ ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने बताइएको छ ।