कुवामा डुबेर गोरखामा वृद्धाको मृत्यु

गोरखा, ११ माघ । कुवामा डुबेर गोरखामा एक जनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उहाँले बताउनुभयो । मृतक मानसिक रोगी भएको जानाइएकाे छ ।