चालु आर्थिक वर्षको पहिलो छ महिनामा सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडाैं, २१ माघ । पछिल्लो तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा रु ७ खर्ब ६३ अर्ब ८ करोड बराबरको विप्रेषण भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतले बढेको हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा हेर्दा, विप्रेषण आप्रवाह १.१ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ७ खर्ब ९९ अर्ब ५४ करोड थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ पुगेको छ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः २ लाख हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *