काठेखोला गाउँपालिकाको महिला लक्षित कार्यक्रममा मौरीपालन तालिमसहित मौरीघार

बागलुङ, ४ फागुन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले मौरीपालन तालिमसहित मौरीघार वितरण गरेको छ।

गाउँपालिकाले तङ्ग्रामका २० जना महिलालाई उद्यमी बनाउन तीनदिने तालिम दिएर मौरीघार उपलब्ध गराएको हो।

गाउँपालिका अध्यक्ष राजु थापाले समावेशी विकासको आवश्यकता औंल्याउँदै नागरिकलाई सीपयुक्त तालिम दिई आत्मनिर्भर बनाउन लागिरहेको बताए। सीप र दक्षताको अभावमा नागरिकहरु उत्पादनसँग जोडिन नसकेको उनको भनाइ छ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले पालिकाभर के-के को सम्भावना छ, खोजी गरी आम जनतालाई दक्ष गराउने र उत्पादनमा लाग्ने योजना बनाएको छ। यसअघि गाउँपालिकाले खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने र चप्पल बनाउने तालिम पनि दिएको थियो।

यस वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत मादल र हार्मोनियम बजाउने तालिम पनि सञ्चालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *