संविधानको भावनाअनुसार नागरिकलाई समान स्वास्थ्य सेवा पुर्‍याउपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ,२० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार सबै नागरिकलाई समान स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर बढाउन ध्यान दिनुपर्ने बताउनुभएकाे छ।

नेपाल चिकित्सक संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले दक्ष चिकित्सक उत्पादनमा राष्ट्रले गरेको लगानी संविधानको भावना अनुसार नै भएको बताउनुभयाे। उहाँले चिकित्सकहरूले आफ्नो पेशालाई सेवाभावले हेर्नुपर्नेमा जोड दिनुभयाे ।

राष्ट्रपति पौडेलले जनताको ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नागरिकका आधारभूत आवश्यकताहरू सुनिश्चित गरेको बताउँदै अझै पनि दुर्गम क्षेत्रका नागरिकले उपयुक्त स्वास्थ्य सेवा पाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयाे। उहाँले देशका कुना कुनामा दक्ष चिकित्सकको सेवा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयाे ।

राष्ट्रपति पौडेलले स्वास्थ्य शिक्षामा सुधार हुँदै गए पनि जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको र चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयाे। यसलाई रोक्न सम्बन्धित निकायले कदम चाल्नुपर्ने उहाँको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *