खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी

काठामाडौँ, २५ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २० औं साधारण सभाले निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

एनएसजेएफको चुनावी साधारण सभामा अध्यक्षको पदमा अधिकारीले प्रकाश तिमिल्सिनालाई हराए । प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भइ । अन्जन खड्काले महासचिवको जिम्मेवारी पाउन राजु घिसिङलाई पराजित गरे । अनिल मल्ल ठकुरी सचिव चुनिए । सो पदमा गोबिन्दराज नेपाल पराजित भएका हुन् ।

मुना कार्की कोषाध्यक्ष र नमिता दाहाल महिला सदस्यमा निर्विरोध चयन भए । सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भए । सदस्यमा भुपेश उपाध्याय र विनय ज्योति सापकोटा पनि उम्मेदवार थिए ।