सभामुखद्वारा कानूनमन्त्री र प्रमुख सचेतकहरूसँग परामर्श

काठमाडौं, ३० वैशाख । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासिया र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग परामर्श गरिरहनुभएको छ।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा जारी छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे कुराकानी भइरहेको बताइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *