एसईई परिक्षाकाे नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

काठमाडाैं, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार आज बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हाे ।

२०८१ को एसईई परीक्षा चैत ७ देखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।