लोकप्रियतावादले देश बन्दैनः वाइपी आचार्य उपप्राध्यापक (त्रिवि) भिडियो अन्तर्वार्ता

नर्वेबाट समावेशी शिक्षामा विद्यावारिधि गरिरहनु भएका वाइपी आचार्य त्रिभुवन विश्वविश्वविद्यालयमा उपप्राध्यापक हुनुहुन्छ । उहाँले मैत्रिसंवादमा कुराकानी गर्दै पुराना राजनीतिक दलहरु र नयाँ भनिएका राजनीतिक दलहरुलाई महत्वपूर्ण सुझाव दिनुभएको छ । उहाँले दुनियाँ बदलिएको तथ्य प्रस्तुत गर्दै त्यो भनेको भोट बदल्ने मनोविज्ञान पनि विकास भएको र त्यसतर्फ पुराना दलले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । ‘रोजगारीको दुनियाँ बदलिएको छ, सोचाइको दुनियाँ बदलिएको छ, समाजको समग्र डाइनामिक्स बदलिएको छ । जब यो समग्र डाइनामिक्स बदलिन्छ, पार्टी बदलिनुपर्छ, ठूला दलहरु बदलिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा पहिला त ठूला राजनीतिक दललाई मेरो यहि कुरालाई ख्याल गर्नुभन्ने सुझाव छ ।’

उहाँले नयाँ दललाई पनि देश एटिच्युडले बन्छ भन्दै आफ्नो पनि र राम्रोपना हाम्रोपना आवश्यक हुने उल्लेख गर्नुभयो । अहिले जुन मुद्दा उठाएर आफू स्थापित हुने प्रयास गरिएको छ । त्यस्ता सस्तो मुद्दाहरुले आफैलाई भड्खालोमा लैजान सक्नेतर्फ पनि संकेत गर्नुभयो । ‘प्रतिस्पर्धा गर्ने हो, विचारबाट आउने हो र त्यो विचारले जोड्ने हो । विचार भनेको माक्र्सवाद, वा कुनै व्यक्ति वा स्थापित विचार मात्रै होइन, त्यो भनेको प्लान हो,’ उहाँले भन्नुभयो, ‘अहिले नयाँ दलहरुलाई मैले भन्नुपर्ने कुरा के हो भने अहिलेको व्यवस्थाको विरोध गर्नुभएको छ, व्यक्तिको पनि विरोध गर्नुभएको छ । ठीक छ यो भत्काउने हो । तर, त्यसपछि के त ? त्यसपछिको तपाईँहरुको योजना खोइ ? फेरि भड्खालोमा जाने ? फेरि नयाँ सुरुवात गर्ने हो भने फेरि डिजास्टर हुन सक्छ ।’

उहाँले कमसेकम एउटा वैचारिक लाइनबाट निर्देशित भएर आउनुपर्नेमा जोड दिनुभयो । ‘जस्ले गर्दाखेरि त्यो पब्लिकले चाहिँ त्यो विचारलाई बुझेर ए, यिनीहरुले अहिले गर्न खोजेको कुरा यो रहेछ । त्यसपछि यसलाई भत्काइसकेपछि उनीहरु पुग्न खोजेको कुरा यो रहेछ भनेर विश्वास गर्छन्, बुझ्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसका आधारमा तपाईंले मत लिएर अगाडि बढ्नुभयो भने तपाईं अगाडि बढ्न सक्नुहुन्छ । त्यो सस्टेनेबल हुन्छ । होइन भने व्यक्ति हाबी हुन्छ । संस्था हुँदैन, पार्टी कमजोर हुन्छ । त्यसले फेरि अल्टिमेटली लैजाने भनेको चाहिँ अस्थिरतामा हो, अराजकतामा हो । त्यसैले यसलाई मनन गरौं ।’

उहाँले लोकप्रियतावादले देश नबन्ने ठोकुवा गर्नुभयो । ‘लोकप्रियतावाद कस्तो हुन्छ भने भीडबाट त्यसले एउटा कुरा ल्याउँछन्, तर त्यो सत्य हुन्छ भन्ने छैन । त्यसलाई केले प्रभावित गर्यो, कसले उचाल्यो, कुन परिस्थितिमा आयो भन्ने कुराको समग्र मान्छेले विश्लेषण गरेको पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘ भिडले त्यो डिसिजन पनि गर्दैन । त्यो गर्ने भनेको चाहिँ पार्टीले हो, त्यो व्यक्तिले पनि हो । त्यो सुविचारित हुनुपर्छ । विचार भनेको रोडम्याप हो । क्लियर रोडम्याप हो ।’
उहाँले हाम्रो पोलिटिकल व्यवस्था यो हो । यसमा जनताको अवस्था यहाँनिर हुन्छ, स्टेटको भूमिका यहाँनिर हुन्छ, हामी त्यसपछि यो भयो भने हामी अब विकासको गतिमा हामी यहाँनिर यसरी यसरी अगाडि बढ्छौँ भनेर क्लियर रोडम्याप देखाउने कुराचाँहि विचार भएको पनि स्मरण गराउनुभयो ।

‘ त्यही विचारले मान्छेलाई मान्ने हो । यो संसारमा विचार बाहेक अरु कुन त्यस्तो शक्ति छ जसले मान्छेलाई बाँध्न सक्छ ?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘यही विचारको कारणले संसारभर सबैलाई बाँधेको छ । त्यसकारण विचार केही होइन होइन, विचार सबैथोक हो । यो कोणबाट हेर्दाखेरि सस्टेनेबल हिसाबले चाहिँ पोलिटिक्स अगाडि बढ्ने हो भने विचार सबैथोक हो । तर अहिले संसारमा, अझै बढी नेपाल जस्ता देशहरुमा चाहिँ विचार केही होइन, विचार भन्दा माथि केही हुन्छ भन्ने छ नि, त्यो होइन । त्यो म मान्दिनँ ।’

पूरा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *