नेपालमा महिला टी–२० विश्वकप ग्लोबल छनोट हुने

काठमाडौँ, १५ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आइसिसी)ले नेपाललाई महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवरी दिएको छ । यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुनेछ ।

आईसीसीले बिहिबार सो ग्लोबल छनोट सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने जानकारी दिएको हो । यो प्रतियोगिताका खेल माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने बताइएको छ ।

यस प्रतियोगितामा सहभागी दस टिममध्ये शीर्ष चार स्थान हासिल गर्ने टिम विश्वकपमा चयन हुनेछ । महिला टि२० विश्वक सन् २०२६ मा इङगल्यान्ड र वेल्समा हुँदैछ ।
नेपालमा हुने प्रतियोगितामा आयोजक, बङगलादेश, आयरल्यान्ड, थाइल्यान्ड र अमेरिकाले खेल्ने पक्का भइसकेको छ । बङगलादेश र आयरल्यान्ड ग्लोबल क्वालिफायरका लागि स्वतः छनोट भएका छन् । यी दुवै टिमले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण सीधै ग्लोबल क्वालिफायर खेल्न योग्य भएका हुन् । घरेलु टिम नेपाल र थाइल्यान्ड एसिया क्षेत्र र अमेरिकी क्षेत्रबाट अमेरिका छनोट भएका छन् । बाँकी पाँच देशको टुङगो लाग्न बाँकी नै छ । अफ्रिका र

युरोपबाट दुई–दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टिमले पनि नेपालमा खेल्नेछ ।
प्रतियोगितामा रहेका दस टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण र अन्तिममा फाइनल खेल हुनेछ । आइससीले विस्तृत खेल तालिका चाँडै सार्वजनिक गर्ने बताएको छ ।