सोमपाल एक लाखसहित सम्मानित

काठमाडैँ, १८ साउन । नेपालका तेज बलिङ अलराउन्डर सोमपाल कामी आइतबार एक लाख रुपियाँसहित सम्मानित भएका छन् । रोट्र्याक्ट क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा सोमपाललाई रोट्र्याक्ट वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ ।

रोट्र्याक्ट क्लबले शक्ति गौचन, कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई जस्ता क्रिकेटरलाई पनि सम्मान गरिसकेको छ ।