एमालेले तय गर्‍यो विधान महाधिवेशनको नारा: ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प’

काठमाडौँ, १० भदाै । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनको मूल नारा तय गरेको छ।

यही भदौ २० देखि २२ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि पार्टीले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई नाराको रूपमा अघि सारेको हो।

पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त नारा तय भएको जानकारी दिनुभयो। उहाँका अनुसार, हाल एमाले विधान संशोधनका लागि तल्ला तहका कमिटीहरूबाट सुझाव संकलन गर्ने प्रक्रियामा रहेको छ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने उक्त महाधिवेशनमा देशभरबाट २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजक सदस्य गरी कुल २,३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *