चितवनमा २५९ भूमिहीनले पाए जग्गाधनी पुर्जा
चितवन, १३ भदौ । चितवनमा भूमि समस्या समाधान आयोगले २५९ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार, रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई पुर्जा हस्तान्तरण गरिएको हो।
आयोगले आगामी असोज महिनासम्ममा कुल ४०० भूमिहीनलाई पुर्जा वितरण गर्ने लक्ष्य राखेको छ। जिल्लामा जग्गाका लागि ५१ हजारभन्दा बढी आवेदन परेको र स्थानीय तहसँगको समन्वयमा काम अघि बढाइएको आयोगले जनाएको छ।