विधान महाधिवेशनमा एमालेले प्रतिनिधिसँग शुल्क नउठाउने, सबै खर्च पार्टीले व्यहाेर्ने

काठमाडौं, १८ भदाै । नेकपा एमालेकाे विधान महाधिवेशनमा प्रतिनिधिसँग कुनै शुल्क नउठाउने भएको छ ।

एमालेकाे भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनमा आउने प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शंकर पोखरेलले बताए ।

उहाँले भन्नुभयाे, ‘हाम्रो विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन हुन्छ। खर्च कति लाग्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ। अधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गर्नेछौँ। स्वभाविक रूपमा पनि वैधानिक पार्टी भएकाले कति खर्च लाग्यो हिसाब किताब गरिहाल्छौँ ।’

उहाँले नेपाली राजनीतिमा खर्चलाई पारदर्शी हिसाबले राख्ने पार्टी एमाले नै भएको जिकिर गरे । विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल २ हजार ३ सय ४१ जनाको सहभागी हुँदैछ ।

प्रतिनिधिहरूले खाना र बासकाे ब्यवस्था भने आफैँले गर्नुपर्ने जनाएको छ ।